धनादेश सेवा

धनादेश हुलाक कार्यालयहरु मार्फत एक स्थानबाट अर्को स्थानमा रकम पठाउने मुद्रा स्थानान्तरण सेवा हो । आन्तरिक धनादेश सेवाको सुरुवात वि.सं. 2031 आश्विन 23 देखि र भारतसँगको वैदेशिक धनादेश सेवा 2037 बैशाख 1 गतेदेखि भएको हो । एक स्थानबाट पठाएको रकम अर्को स्थानको प्रापकले पाउने गरी धनादेश प्रपत्र फाराम भरी दर्ता गर्नुपर्दछ । यस्तो रकम भुक्तानीका लागि धनादेश प्रपत्र दर्ता गर्ने हुलाक कार्यालयले भुक्तानी गर्ने हुलाक कार्यालयमा पठाई प्रापकलाई नगदै रकम भुक्तानी गरिन्छ ।हालसम्म सिधै धनादेश सेवाको कारोबार गर्ने मुख्य कार्यालयहरुमा गोश्वारा हुलाक कार्यालय 1, क्षेत्रीय हुलाक निर्देशनालयहरु 4, जिल्ला हुलाक कार्यालयहरु 70 वटा 4 इलाका हुलाक कार्यालय गरी 79 वटा रहेका छन् । यसका अतिरिक्त 445 वटा इलाका हुलाक कार्यालयहरुबाट समेत धनादेशको दर्ता तथा भुक्तानी हुने गरेको छ । इलाका हुलाकहरु समेत हाल धनादेश सेवा लागू भएका कार्यालयहरुको संख्या 520 पुगेको छ ।

Recent Activities

26 Oct
2021

जानकारी सम्बन्धमा

Read More
26 Oct
2021

विभागको निर्णय

Read More
26 Oct
2021

निक्षेप व्यबस्थापन सम्बन्धमा

Read More
26 Oct
2021

आशयपत्र आवहानको सूचना

Read More
26 Oct
2021

सुरक्षा गार्ड सम्बन्धमा

Read More
26 Oct
2021

निर्देसिका एबम विवरण सम्बन्धमा

Read More